आइतबार नेप्से परिसूचक २१.६३ अंकले घटेर २७१४.८५ को विन्दुमा कायम भएको छ।
काठमाडौँ– शेयर बजारमा साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। लगातार सात दिन घटेर बुधबार बढेको नेप्से परिसूचकमा आइतबार पुनः गिरावट देखिएको हो। आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ।
नेप्सेका अनुसार आइतबार परिसूचकमा ०.७९ प्रतिशतको गिरावट आएको हो। यस दिन २१.६३ अंकले घटेर नेप्से परिसूचक २७१४.८५ को विन्दुमा कायम भएको छ।
विभिन्न ३१६ कम्पनीको एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिदबिक्री भयो। जसबाट ६ अर्ब ८३ करोड ६६ लाख ४० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि बुधबार आठ अर्ब २३ करोड ५२ लाख ६८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
यस दिनको कारोबारमा व्यापार समूहको उपसूचक ४.९२ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचक २.२५ प्रतिशतले घटेको छ।
त्यस्तै, बैंकिङ ०.८०, वित्त १.३९, होटल तथा पर्यटन ०.५३, जलविद्युत् १.२९, लगानी १.७२, जीवन बीमा १.०६, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.८८, म्युचुअल फन्ड ०.०४, निर्जीवन बीमा ०.७२ र अन्य समूहको उपसूचक १.५२ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा सामुदायिक लघुवित्त ८.१९, विशाल बजार ५.३४, आरएसडीसी लघुवित्त ४.४३, अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ४.१८ प्रतिशतले कमाएका छन्।
त्यस्तै, ग्रिन डेभेलपमेन्ट बैंक ७.९१, पिपुल हाइड्रोपावर ७.३३, विन नेपाल लघुवित्त ६.६३, प्रभु इन्स्योरेन्स ६.६७ र महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ५.११ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ५८ करोड ६६ लाख आठ हजार ३४८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोको ११ लाख ९३ हजार ९३७ कित्ता किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
