उत्तर म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ।
उत्तर म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ज्यान गुमाउनेको संख्या ५९ पुगेको छ। राजधानी स्कोप्जेबाट लगभग १०० किलोमिटर पूर्वमा रहेको कोकानी शहरको ‘क्लब पल्स’मा आइतबार बिहान आगलागी भएको हो।
डीएनके नामक एक लोकप्रिय हिप–हप जोडीको प्रदर्शन हेर्नका लागि करिब एक हजार भन्दा बढी युवा प्रशंसक भेला भएका उक्त कल्बमा एक्कासि आगलागी भएपछि उनीहरूको हताहत भएको हो। घटनामा १५५ जना घाइते भएका छन्।
प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कीले धेरै ‘युवाले ज्यान’ गुमाएको यो घटना देशका लागि ‘कठिन र धेरै दुखद दिन’ भएको बताए।
आन्तरिक ममिलामन्त्री पान्स तोस्कोभस्कीले चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बताएका छन्। उनले पक्राउ पुर्जी जारी भएकाहरूको विवरण भने खुलाएनन्।
उनले पहिले नै एक जनालाई पक्राउ गरिएको घोषणा गरेका थिए। राज्यको समाचार संस्था मियाले क्लबका मालिकलाई हिरासतमा लिइएको जनाएको छ।
“कन्सर्टमा ‘लाइट इफेक्ट’का लागि प्रयोग गरिने ‘पाइरोटेक्निक डिभाइस’को प्रयोगका कारण आगलागी भएको हुन सक्छ,” तोस्कोभस्कीले भने, “ज्वालाले सजिलै ज्वलनशील पदार्थले बनेको छतलाई समात्यो, त्यसपछि आगो पूरै बाक्लो धुवाँसहित हलमा फैलियो।”
सामाजिक सञ्जालमा पोस्ट गरिएका र आगो लाग्नुअघि खिचिएका भिडियोमा ‘स्टेज फाउन्टेन’ वा ‘स्टेज जेट’को प्रयोग देखाइएको थियो। यो कार्यक्रम सञ्चालन हुनुअघि हलमा प्रयोग गरिने एक प्रकारको आतिशबाजी हो।
हेलिकप्टरले केही घाइतेलाई राजधानी स्कोप्जेका अस्पतालमा पुर्याएको थियो। घाइतेमध्ये २७ जनालाई नाउम ओह्रिड्स्की क्लिनिकमा भर्ना गरिएको अस्पतालका चिकित्सक नेबोजा नास्टोभले अनलाइन सञ्चारमाध्यम एसडीकेलाई बताए। एसडीकेका अनुसार स्थानीय समयअनुसार बिहान ३ बजे आगलागी शुरू भएको थियो।
पछिल्लो अपडेटअनुसार मृतकमध्ये ३५ जनाको पहिचान भइसकेको बताइएको छ। मृतकहरू १४ देखि २४ वर्ष उमेरका छन्। १८ जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।
स्थानीय मिडियाका अनुसार सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गर्दै ठूला जमघट हुने सबै नाइट क्लब र रेस्टुरेन्टको तत्काल निरीक्षण गर्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
