नेपाली कांग्रेसको संस्थापनइतरबाट संसदीय दलको नेताको साझा उम्मेदवार गगन थापालाई नेता प्रदीप पौडेलले पनि साथ दिने भएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका नेता एवं काठमाडौँ-५ बाट निर्वाचित सांसद प्रदीप पौडेल संस्थापनइतर समूहमा खुलेका छन्।
उनले संस्थापनइतर समूहबाट संसदीय दलको नेताको उम्मेदवार गगन थापालाई साथ दिने भएका हुन्। मंगलबार उनी संस्थापनइतर समूहको छलफलमा सहभागिता जनाउँदै थापालाई साथ दिने बताएका हुन्।
थापालाई संस्थापनइतर समूहबाट संसदीय दलको नेताको उम्मेदवार बनाउने सहमति गरेको छ। मंगलबार राजधानीको एक होटलमा भएको छलफलमा थापालाई साझा उम्मेदवार बनाउने सहमति भएको हो।
१५औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने शर्तमा उनलाई संसदीय दलको नेतामा उम्मेदवार बनाउने उक्त समूहले सहमति गरेको हो।
कांग्रेसको संस्थापन पक्षमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेताको उम्मेदवार छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
