अमेरिकाले शनिबार हुथी विद्रोहीविरुद्ध 'निर्णायक र शक्तिशाली' हवाइ आक्रमण शुरू गरेको बताएको थियो।
काठमाडाैँ– अमेरिकी हवाइ आक्रमणमा मृत्यु हुने यमनका हुथी विद्रोहीहरूको संख्या ५३ पुगेको छ। विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा मृत्यु हुनेमा पाँच बालबालिकासमेत रहेको उल्लेख छ।
अमेरिकाले शनिबार हुथी विद्रोहीविरुद्ध 'निर्णायक र शक्तिशाली' हवाइ आक्रमण शुरू गरेको बताएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई उनीहरू विरुद्ध प्रत्यक्ष कारबाहीको कारण बताएका थिए।
अमेरिकी आक्रमणमा मारिएकाहरूमा केही प्रमुख हुथी विद्रोहीहरू पनि भएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यद्यपि, हुथी विद्रोहीहरूले यसको पुष्टि गरेका छैनन्।
यसैबीच, हुथी विद्रोही नेता अब्दुल मलिक अल-हुथीले भनेका छन् कि जबसम्म यमनमा अमेरिकी आक्रमण जारी रहन्छ, हुथी विद्रोहीहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित गरिरहनेछन्। अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथ सोसियलमा हुथी विद्रोहीहरू विरुद्धको आक्रमणको बारेमा लेखेका थिए।
उनले लेखे, "इरानबाट आर्थिक सहयोग प्राप्त गर्ने हुथीहरूले अमेरिकी विमानहरूमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।"
ट्रम्पले हुथी विद्रोहीहरूको डकैती, हिंसा र आतंकले अर्बौं डलरको क्षति पुर्याएको र मानिसहरूको जीवनलाई जोखिममा पारेको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
