उनीहरू सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानको पहिलो परीक्षण यात्राका क्रममा प्रोपल्सनमा समस्या देखिएपछि अन्तरिक्षमा फसेका थिए।
अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्षयात्री बुच विल्मोर र सुनी विलियम्सलाई मंगलबार साँझ पृथ्वीमा फर्काइने नासाले जनाएको छ। विल्मोर र विलियम्सलाई आइतबार बिहान अन्तरिक्षमा पुगेका अन्य अमेरिकी र एक रुसी अन्तरिक्ष यात्रीसँग स्पेसएक्स यानमार्फत पृथ्वीमा फर्काइने भएको हो।
उनीहरू सन् २०२४ को जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानको पहिलो परीक्षण यात्राका क्रममा प्रोपल्सनमा समस्या देखिएपछि पृथ्वीमा फर्कन असमर्थ भएका थिए। उनीहरू नौ महिनादेखि अन्तरिक्षमा रहँदै आएका थिए।
अमेरिकी अन्तरिक्ष निकाय नासाले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै अन्तरिक्ष यात्रीको फ्लोरिडा तटमा अवतरण हुने अनुमान गरिएको बताएको छ। समुद्री अवतरणलाई मंगलबार साँझ ५ः५७ मा सारिएको पनि नासाले जनाएको छ। यसअघि नासाले यो फिर्ता यात्रा बुधबारभन्दा पहिल्यै हुने तय भएको बताएको थियो।
नासाका अन्तरिक्ष यात्री निक हेग र रोस्कोस्मोस अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ पनि ड्रागन क्याप्सुलमा फर्कनेछन्।
विल्मोर र विलियम्स बसाइँ लगभग ६ महिनाको अन्तरिक्ष यात्रीहरूको लागि मानक आईएसएस रोटेसनभन्दा धेरै लामो बनेको छ। तर यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेसनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
