सोमबार नेप्से परिसूचक १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा कायम भएको छ।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। सोमबार परिसूचक १०.१४ अंकले घटेर २७०४.७० को विन्दुमा कायम भएको हो।
विभिन्न ३३१ कम्पनीको ९९ लाख ३५ हजार ८७२ कित्ता शेयर ५७ हजार ५८५ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।
यस दिन कारोबारमा वित्त समूह ०.१२, होटल तथा पर्यटन ०.१८, लगानी ०.१८ र उत्पादन तथा प्रशोधन समूह ०.४४ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ ०.२१, विकास बैंक ०.९२, जलविद्युत् ०.२३, जीवन बिमा ०.५१, लघुवित्त ०.०१, निर्जीवन बीमा ०.०२, व्यापार ३.३८ र अन्य समूह ०.५६ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ९.८६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने महालक्ष्मी विकास बैंक लिमिटेडको शेयर मूल्य ५.६३ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ४३ करोड ९३ लाख ६८ हजार २१० रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोको पाँच लाख ५३ हजार ८०४ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
