प्रहरीको ३१औँ महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

काठमाडौँ– नेपाल प्रहरीको ३१औँ महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी अतिरिक्त महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री पुथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकपछि भने, “आज बसेको मन्त्रिपरिषद्को बैठकले दीपक थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको छ।”

३०औँ महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवावधि पूरा गरी सोमबार अवकाशमा जाँदै छन्। हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखका रूपमा कार्यरत एआईजी थापाले मंगलबारबाट आईजपीको कार्यभार सम्हाल्ने भएका छन्।

त्यस्तै, सोमबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी निर्देशकमा दिनेश भट्टलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।