समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत सशक्तीकरण गराउन वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथनबीच सम्झौता भएको छ।
बाँके– किशोरी खेलाडीलाई दौडमार्फत मूलधारमा ल्याउन अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथनबीच सम्झौता भएको छ। समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो।
सम्झौता पत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन्। यो सम्झौता सन् २०३० संस्करणसम्मका लागि गरिएको छ। सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा ३०० किशोरीको दर्ता गरेर सघाउनेछ। अमेरिकामा स्थापित वन स्टेप फाउन्डेसनले स्वास्थ्य, शिक्षा, खेलकुदका साथै सामाजिक काम गर्दछ।
“यसले समाजमा लुकेका प्रतिभालाई उजागर गर्न सघाउनेछ,” वन स्टेप फाउन्डेसनका संस्थापक सदस्य जोशीले भने, “पिछडिएको समुदायका किशोरीलाई मूलधारमा ल्याउनु हामी सबैको जिम्मेवारी र दायित्व हो।” नेपाली किशोरीको क्षमता र प्रतिभालाई उजागर गर्न अन्तर्राष्ट्रिय सहभागितामा समेत सघाउन आफूहरू तयार रहेको उनले बताए।
यो सम्झौताले नेपालगन्ज म्याराथनको दायरा अझै फराकिलो हुँदै जाने संस्थापक टीएस ठकुरीले बताए। “संसारभर रहेका नेपालीलाई यसमा जोड्न यो अवधारणा अगाडि बढाइएको हो,” ठकुरीले भने “विश्वका जुनसुकै देशमा कार्यरत हरेक सामाजिक संघसंस्था वा व्यक्तिले यसमा सहजै सहकार्य गर्न सक्नेछन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
