यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी  वायुको साथै स्थानीय  वायुको समेत आंशिक प्रभाव रहेको छ। 

जसका कारण कोशी, मधेश र बागमतीमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाको भनाइ छ। कोशी र  मधेशका थोरै  स्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ। 

यसैगरी, राति कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।