२० करोडभन्दा बढी रुपैयाँसहित काठमाडौँमा १ जना पक्राउ

टोखा नगरपालिका–१ झोर क्षेत्रमा ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको प्रहरीले‍ जनाएको छ।

काठमाडौँ– प्रहरीले २० करोड रुपैयाँभन्दा बढी रकमसहित एक जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले टोखा नगरपालिका–१ झोर क्षेत्रबाट उक्त रकमसहित सोमबार राति एक जनालाई पक्राउ गरेको हो। 

कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट उक्त परिमाणमा रकम बरामद गरिएको हो। उनको नाम भने खुलाइएको छैन। 

ना१ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको एसएसपी बस्नेतले बताए।