भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रंगशालामा हुने प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ।
काठमाडौँ– दक्षिण एशियाली फुटबल महासंघ (साफ) यू१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ।
भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली रंगशालामा हुने प्रतियोगिता आगामी मे ९ देखि १८ तारिखसम्म हुनेछ।
मंगलबार सार्वजनिक गरिएको खेल तालिकाअनुसार नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्नेछ। उक्त खेल आगामी मे ११ तारिखमा हुनेछ। सोही दिन भुटान र बांग्लादेशबीच पनि प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ। समूह ‘बी’ मा नेपालसँगै भारत र श्रीलंका छन्। नेपालले आफ्नो दोस्रो खेलमा मे १३ तारिखमा घरेलु टोली भारतको सामना गर्नेछ। १३ तारिखमै हुने अर्को खेल मालदिभ्स र भुटानबीच हुनेछ।
उक्त प्रतियोगिताको समूह ‘ए’ मा भने साविक विजेता बांग्लादेश, मालदिभ्स र भूटान छन्। प्रतियोगिताको उद्घाटन खेलमा बांग्लादेश र मालदिभ्सबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटनकै दिन हुने अर्को खेलमा श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
