नेप्से परिसूचकमा लगातार गिरावट, कारोबार रकम पनि घट्यो

मंगलबार नेप्से परिसूचक ७.६६ अंकको घटेर २६९७.०४ को विन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार सामान्य अंकको गिरावट देखिएको छ। बुधबार १७.२८ अंकले बढेको नेप्से परिसूचक त्यसयता तीन कारोबार दिन लगातार घटिरहेको हो।

आइतबार २१.६३ अंक र सोमबार १०.१४ अंकले घटेर बन्द भएको नेप्सेमा मंगलबार ७.६६ अंकको गिरावट आई २६९७.०४ को विन्दुमा कायम भएको छ। यस दिन नेप्से परिसूचकसँग कारोबार रकम पनि घटेको छ।

विभिन्न ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९०२ कित्ता शेयर ५० हजार ८३४ पटक खरिदबिक्री भयो। जसबाट चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको छ। यसअघि सोमबार पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा अन्य समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा धेरै व्यापार समूहको उपसूचक ०.६६ प्रतिशतले घटेको छ। त्यस्तै, बैंकिङ ०.१४, विकास बैंक ०.४२, वित्त ०.१७, होटल तथा पर्यटन ०.३६, जलविद्युत् ०.१७, लगानी ०.४२, जीवन बीमा ०.७०, उत्पादन र प्रशोधन ०.२३, लघुवित्त ०.३१, म्युचुअल फन्ड ०.३७ र निर्जीवन बीमाको उपसूचक ०.५४ प्रतिशतले घटेको छ।

यस दिनको कारोबारमा मिथिला लघुवित्त ९.९६, हिमालयन पावर ९.९९, अपर सोलु हाइड्रो ७.७८, भूगोल इनर्जी ७.२८ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ४.१८ प्रतिशतले कमाएका छन्। त्यस्तै, सामुदायिक लघुवित्त ८.२१, राप्ती हाइड्रो ७.७२, अपर सोलु हाइड्रो ३.३१ र सयपत्री हाइड्रोका लगानीकर्ताले ३.२९ प्रतिशतले कमाएका छन्।

कारोबार रकमका आधारमा मंगलबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ३२ करोड ११ लाख १७ हजार ८९२ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोको सात लाख ६८ हजार ५४३ कित्ता किनबेच भएको छ।