इजरायलको शृंखलाबद्ध आक्रमणबाट गाजामा ४०४ जनाको मृत्यु र ५६२ जना घाइते भएको हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजरायलको आक्रमणमा परेर गाजामा ४०० भन्दा बढीको मृत्यु भएको हमास नियन्त्रित गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गाजाको स्वास्थ्य मन्त्रालयले मंगलबार इजरायली आक्रमणमा मृत्यु हुनेको ४०४ पुगेको र ५६२ जना घाइते भएको बताएको हो। आक्रमणमा परेर अधिकांश महिला, बालबालिका र वृद्धको मृत्यु भएको उद्धारकर्ताले बताएका छन्।
बिहान सबेरै आक्रमण शुरू भएयता गाजा अस्पतालभित्रको अवस्था अस्तव्यस्त बनेको र धेरै मानिसहरू अझै पनि भग्नावशेषमुनि दबिएका चिकित्सकहरूलाई उद्धृत गर्दै एपी न्युजले जनाएको छ।
इजरायलको अचानक आक्रमणले मुस्लिमको पवित्र रमजान महिनामा शान्त रहेन अपेक्षा गरिएको गाजापट्टि अशान्त बनेको छ। यो आक्रमणसँगै फेरि पूर्णस्तरको युद्ध शुरू हुने सम्भावना बढेको छ। १७ महिना लामो द्वन्द्वका कारण दशौँ हजार प्यालेस्टिनीको ज्यान गुमाएका छन्। त्यस्तै इजरायली आक्रमणबाट प्यालेस्टाइनमा व्यापक विनाश भएको छ।
इजरायलले जनवरीको युद्धविराम लम्बाउनका लागि दबाब दिन मंगलबार गाजामा पुनः शृंखलाबद्ध आक्रमण गरेको हो। इजरायलले जनवारीको युद्धविराम लम्ब्याउन चाहेको भए पनि हमासले प्रस्ताव अस्वीकार गरेको थियो। इजरायलले आक्रमणको थाल्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ।
“हमासले हाम्रा बन्धक रिहा गर्न बारम्बार अस्वीकार गरेको छ, साथै अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ र मध्यस्थकर्ताका सबै प्रस्ताव अस्वीकार गरेपछि आदेश दिइएको थियो”, नेतन्याहुको कार्यालयले विज्ञप्तिमा भनेको, “इजरायलले अब उप्रान्त बढ्दो सैन्यशक्तिका साथ हमासविरुद्ध कारबाही गर्नेछ।”
यता हमासले भने इजरायली प्रधानमन्त्रीले आन्तरिक राजनीतिक संकटबीच टिकिरहन द्वन्द्वको सहारा लिएको आरोप लगाएको छ। हमासले भनेको छ, “युद्ध पुनः शुरू गर्ने नेतन्याहुको निर्णय कब्जामा रहेका कैदीलाई मृत्युको मुखमा पुर्याउने निर्णय हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
