धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोक नामकरणको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि पाँचबुँदे सर्वपक्षीय सहमति भएको छ।
जनकपुर– धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोक नामकरणको विषयलाई लिएर उत्पन्न विवाद समाधानका लागि पाँचबुँदे सर्वपक्षीय सहमति भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषा, सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयबीच भएको छलफलपछि पाँचबुँदे सहमति भएको हो।
सर्वपक्षीय सहमतिमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सबैला नगरपालिकाले दुई महिनाभित्र विवादित चोकको नामकरण गर्ने उल्लेख छ। “विवादित चोकको नामकरण गर्ने सम्बन्धमा, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम सबैला नगरपालिकाले दुई महिनाभित्र नामकरण गर्ने र सो सम्बन्धमा नगरपालिकाले जिल्ला सुरक्षा समितिलाई आवश्यक परेको बेला आमन्त्रितको रूपमा सहभागी गराउने,” सहमतिमा भनिएको छ।
विवादित चोकको नामकरण नहुँदासम्म सो स्थानको अवस्था परिवर्तन नगर्ने सहमतिसमेत भएको छ। घटनामा घाइते भएका व्यक्तिहरूको उपचार र क्षतिपूर्तिका लागि जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयसँग समन्वय गर्ने निर्णय भएको छ।
घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा समिति गठन गरिएको, समितिको प्रतिवेदनका आधारमा थप निर्णय गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।
सर्वपक्षीय सहमति पत्रमा सबै पक्षलाई संयमित र सम्मानजनक व्यवहार गर्न आग्रह गरिएको छ। चोकको नामकरण नभएसम्म सबै पक्षले एक अर्कासँग शान्तिपूर्वक र सम्मानपूर्वक व्यवहार गर्ने सहमति गरेका छन्।
धनुषाको सबैला नगरपालिकास्थित भठिहनमा चोकको नामकरणको विषयलाई लिएर स्थानीयबीच विवाद चुलिएको थियो। केलुवामोरका बासिन्दाले भठिहनमा ‘यादव चोक’ नामकरण गरेका थिए। उनीहरूले सडकमा यादव चोकको बोर्डसमेत राखेका थिए। तर भठिहनका बासिन्दाले बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएपछि विवाद बढेको थियो।
एक पक्षले यादव चोक नै हुनुपर्छ भन्ने अर्को पक्षले अस्वीकार गर्ने गर्दा झडपको स्थिति सिर्जना भएपछि प्रहरीले आइतबार टियर ग्यासका साथै लाठीचार्ज गरेको थियो। त्यस्तै सोही विषयलाई लिएर सोमबार भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो। प्रहरीले चलाएको गोली लागेर शहीदनगरका २० वर्षीय युवक सन्तोष यादव घाइते भएका थिए। अहिले यादवको काठमाडौँमा उपचार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
