मंगलबार ९३ करोड ८ लाख रुपैयाँ बराबरको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
काठमाडौँ– मंगलबार सेयर बजार परिसूचक नेप्से र कारोबार दुवै बढेको छ। नेप्से १४.२२ अंकले बढेर १८७३.११ अंकमा कायम भएको हो।
१५३ कम्पनीको शेयर मूल्य बढ्दा ४६ कम्पनीको घटेको भने १३ कम्पनीको स्थिर रह्यो। कारोबार भएका १३ वटै उपसमूह बढेका छन्।
होटल तथा पर्यटन ६४.५१, जीवन बीमा ८३.८५, माइक्रोफाइनान्स ३०.२३, बैंकिङ ६.८७, विकास बैंक ८.३०, जलविद्युत् उपसमूह १४.८५ अंकले बढेको छ। मंगलबार ९३ करोड ८ लाख रुपैयाँ बराबरको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आँधी खोला, सिर्जनशील र धौलागिरि लघुवित्तले सर्किट लेभलमा कारोबार गरेका छन्। कारोबार रकमका आधारमा नेपाल दूरसञ्चार कम्पनी, सिभिल बैंक र हिमालयन डिस्ट्रिलरी अगाडि रहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
