कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ। विगत चार वर्षदेखि यो समस्य देखिन थालेको किसानको भनाइ छ।
काभ्रेपलान्चोक– मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ।
विगत चार वर्षदेखि कटहरका बोट सुक्न थालेको गरेको किसानको भनाइ छ। यस अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताए। कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको संख्यामा बोट सुकिसकेका छन्।
यस भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निराश भएको नेपालको भनाइ छ। “किन कटहरका रुख सुक्दै, मर्दै गए भन्नेमा किसान त अनविज्ञ छन् नै, कतैबाट सुक्नुका कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट १० हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ।”
किसान पशुपति श्रेष्ठका बारी–कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रुख थिए। जसमध्ये अहिले आठ वटा सुकिसकेका छन्। बर्सेनि ४० हजारको कटहर बेच्दै आएका उनी अहिले कटहर बेच्नै नपाउने अवस्थामा पुगेका छन्। “अलिअलि फल्दैछन्, ती बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रुख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो,” श्रेष्ठले भने।
एउटै बोटमा ३०० देखि ४०० वटासम्म कटहर फल्ने गरेकामा अहिले १५० वटा फल्न पनि मुस्किल हुन थालेको छ। कटहरका रुखमात्र सुक्न थालेपछि किसान यसबारे अध्ययन हुनुपर्नेमा माग गर्दै आएका छन्।
यस क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रुख छन्। यो कृषि–विज्ञका लागि चुनौतीको विषय बनेको चण्डेनीमण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालको बुझाइ छ। “कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेका छन्, रुखको जरामा ढुसी परेकाले सुकेको भन्ने प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ,” उनी भन्छन्।
जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गरेको अनुसन्धानले रुख कटहरको जरामै ढुसी–किराको प्रकोप देखिएको जनाएको छ। “तर यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेको छैन, थप अनुसन्धान हुन जरुरी देखिन्छ,” कृषि अधिकृत रमा कार्कीले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
