सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ गइरहेको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको मृत्यु भएको प्रहरीले जनाएको छ।
धवलागिरि– म्याग्दीको मालिका गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
सुङ्ग्रेपानीबाट मालिका–४, चिउरीबोटतर्फ जाँदै गरेको ग१ज ५६१२ नम्बरको जिप सडकबाट ५० मिटर तल खस्दा चिउरीबोटका ३१ वर्षीय नगेन्द्र रसाइलीको मृत्यु भएको डीएसपी भरत श्रेष्ठले जानकारी दिए।
जिपमा चालकसहित पाँच जना सवार थिए। घाइते भएका ओखरबोटका ३३ वर्षीय शेरबहादुर विक, चिउरीबोटका ३१ वर्षीय नगेन्द्र गोतामे र २२ वर्षीय भीमप्रसाद गोतामेको दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
लापरबाहीका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
