तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

बुधबार छापावाल सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    

काठमाडौँ– सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन तोलामा ८०० रुपैयाँले बढेको हो।

बुधबार छापावाल सुन १ लाख ७६ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।    

यसैगरी, चाँदीको मोल प्रतितोला २ हजार ४५ रुपैयाँ निर्धारण भएको छ। सोही परिमाणको चाँदी मंगलबार प्रतितोला २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।