नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनी र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए।
अन्तरिक्षमा नौ महिनाको अनपेक्षित बसाइपछि नासाका दुई यात्री पृथ्वीमा फर्किएका छन्।
अन्तरिक्ष यात्रीहरू बुच विल्मोर र सुनी विलियम्स अमरिकी समय अनुसार मंगलबार साँझ पृथ्वीमा फर्किएका हन्। उनीहरूलाई लिएर अमेरिकी अन्तरिक्ष यात्री निक हेग र रुसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभ स्पेसएक्स अन्तरिक्षयानमा अमेरिकाको फ्लोरिडा तटमा मंगलबार साँझ ५:५७ बजे अवतरण गरेका थिए।
चालक दलका बाँकी सदस्यसँग अन्तिम बिदाइपछि अन्तरिक्षबाट बिदा भएका उनीहरू करिब १७ घण्टापछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट छुटेका थिए।
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट १० यात्रीसहित आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुगेको थियो। उक्त समूहमा गएका आठ अन्तरिक्ष यात्री नासाको विशेष मिसनका लागि अन्तरिक्षमा नै रही अनुसन्धान जारी राख्नेछन्।
यो सन् २०२३ मा नासाका अन्तरिक्ष यात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेसनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्ष यात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो ।
नासाको अन्तरिक्ष सञ्चालन मिसन डाइरेक्टर्सका डेपुटी एसोसिएट एडमिनिस्ट्रेटर जोएल मोन्टाल्बानोका अनुसार सुनी र बुचले ९०० घण्टा आईएसएसमा अनुसन्धान गर्नुका साथै १५० भन्दा बढी वैज्ञानिक प्रयोग गरेका थिए।
नासाका अन्तरिक्ष यात्रीहरूको प्रयोगलाई राष्ट्रका लागि फाइदाजनक भन्दै यस दशकको अन्त्यसम्ममा मंगल ग्रहमा मानव अवतरण गर्ने नासाको लक्ष्य हासिल गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
