अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट शुरू भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो।
होबार्ट– एक त थोरै जनसंख्या, त्यसमाथि बेलुकीको साढे पाँच बज्नासाथ सारा बजार बन्द गर्नुपर्ने चलन छ। अन्टार्कटिका महादेशनजिकै पर्ने अस्ट्रेलियाली टापु तास्मेनियाको राजधानी सुनसान भइसकेकै बेला मंगलबार एउटा कुनामा भने चर्को आवाजबीच ठूलो भिड नाचिरहेको थियो।
त्यो ठाउँ थियो ११० वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’, जहाँ नेपथ्यले नेपाली लोकरक सुनाइरहेको थियो। र, त्यहाँ दुई दिनपछि नै ख्यातिप्राप्त बेलायती गायक बब गेल्डफ प्रस्तुत हुनेवाला छन्।
अस्ट्रेलियाको केन्द्रीय राजधानी क्यानबेराबाट शुरू भएको यस वर्षको शृंखलाबद्ध यात्रामा वेस्टर्न अस्ट्रेलियाको पर्थ र क्विन्सल्यान्डको ब्रिसबेनपछि तास्मेनियाको होबार्टमा नेपथ्यले प्रस्तुति दिएको हो।
भरिभराउ हलमा नेपाली दर्शक सुरुदेखि नै रमाइलोसँग नाचिरहेका थिए तर त्योभन्दा पनि कम रमाइलो थिएन मार्टिन हिंगिन्स लगायतका थुप्रै विदेशी रमाइरहेको दृश्य।
बेलायती नागरिक मार्टिन शुरूदेखि नै आफूलाई मञ्चको ठीक सामुन्ने राखेर प्रत्येक गीतमा उफ्रिँदै नाचिरहेका देखिन्थे। उनी केही वर्षदेखि अस्ट्रेलियामा बसेर काम गरिरहेका रहेछन्। यहाँस्थित प्रसिद्ध संग्रहालय ‘मोना म्युजियम’ मा काम गर्ने मार्टिन त्यसै स्थानमा काम गर्ने नेपाली साथीहरूबाट प्रभावित भएका रहेछन्। पोहोर मात्रै नेपाल गएर दुई महिना बसेको बेला उनलाई ‘रेशम’ गीत असाध्यै मन परेको रहेछ।
“त्यसै पनि संगीतको विश्वव्यापी भाषा हुन्छ,” कन्सर्ट सकिएपछि उनले प्रतिक्रिया दिए, “त्यसबाहेक त्यहाँ सबै जना शुरूदेखि झुमेर नाचिरहेको देख्दा म पनि स्वतः उनीहरूलाई साथ दिन पुगेँ।”
मंगलबारको कन्सर्टमा दर्शकको हुलमै स्थानीय आयोजक साजन परियार पनि थिए। “दर्शक रमाएको देख्दा आनन्द आउने नै भयो,” उनले थपे, “नेपथ्य कन्सर्ट आयोजना गर्दा धेरै कुरा सिक्ने मौका पनि मिल्छ।”

दर्शकदीर्घामै लठ्ठी टेकेर आएका ८१ वर्षीय केबी गुरुङ पनि थिए। नाति-नातिनी भेट्न बेलायतबाट दुई साताअघि मात्र यहाँ आइपुगेका उनले यसअघि पनि धेरैपटक नेपथ्यको कन्सर्ट हेरेका रहेछन्। “यहाँ आएको बेला पनि संयोग जुर्यो,” उनले थपे, “यसपाला पनि उस्तै रमाइलो लाग्यो।”
मञ्चमा नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए। कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रामा सरिक छ।
होबार्टपछि ब्यान्ड तास्मेनिया टापुबाट मास्तिर उक्लेर एडिलेड सहर पुग्नेछ। त्यहाँस्थित ‘हिन्डले स्ट्रिट म्युजिक हल’मा मार्च २१ मा नेपथ्यको पाँचौँ कन्सर्ट हुनेछ। मार्च २४ मा मेलबर्नको ‘फेस्टिभल हल’मा नेपथ्य प्रस्तुत हुनेछ। त्यसपछि अन्तिम शो आयोजना गर्न सिड्नीतर्फ लाग्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
