सांसद माधव सापकोटाले काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड रुपैयाँ अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरे।
काठमाडौँ– काठमाडौँबाट सोमबार २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न सांसदहरूले माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद माधव सापकोटाले काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब २५ करोड रुपैयाँ अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गरे।
सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नगदसहित एक जनालाई पक्राउ गरेको थियो। काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना१ख१६५२ नम्बरको ट्रकबाट चालकसहित उक्त रकम बरामद गरिएको जनाइएको छ।
“डलर र युरो गरेर करिब २५ करोड रुपैयाँ अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ, यो घटनाले सिंगो देशलाई तरंगित बनाइरहेको छ। यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झांगिरहेको छ भन्ने प्रस्ट हुन्छ,” सांसद सापकोटाले भने।
सांसद रोशन कार्कीले दिनप्रतिदिन तस्करहरूको जालोमा मुलुक फसिरहेको भन्दै उक्त जालो भत्काउन अपराधसम्बन्धी घटनामा निष्पक्ष भएर छानबिन गर्न माग गरिन्। “हिजो मात्रै युरो र डलर गरी रु २५ करोड बोकेको ट्रक बरामद भएको छ, के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो?,” उनले भनिन्।
सांसद सुमना श्रेष्ठले सरकारले शिक्षा क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। उनले मधेश प्रदेशमा एसइईको परीक्षा हुन नसक्नुको कारणबारे सरकारले संसद्लाई जानकारी दिन माग गरे।
सांसद रामकृष्ण यादवले देशमा शान्ति, सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद रामकुमार राईले खोटाङ जिल्लामा यही चैत ४ गते आगलागी भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराए। सांसद योगेश भट्टराईले ताप्लेजुङमा कर कार्यालय स्थापना गर्न माग गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
