चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लूएचओको भनाइ छ।
काठमाडौँ– ‘स्वस्थ मुख: सकारात्मक सोच’ नाराका साथ बिहीबार विश्वभर मुख स्वास्थ्य दिवस २०२५ मनाइँदै छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मुख स्वास्थ्यलाई मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मिँदै तालु तथा ओठ चिरेको, गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगबाट मुक्त हुने अवस्थाको रूपमा व्याख्या गरेको छ।
नेपालमा दाँत किराले खाने, गिजाबाट रगत आउने, गिजा फुल्ने र पाक्ने, दाँत हल्लिने समस्या अधिकांशमा देखिन्छ। चिनीको खपत, सुर्ती, रक्सीको प्रयोग र सरसफाइको कमी मुखसम्बन्धी स्वास्थ्य समस्याका मुख्य कारक रहेको डब्लूएचओको भनाइ छ।
दन्त विशेषज्ञसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी दाँतको तथा मुख स्वस्थ रह्यो भने ९० देखि ९५ प्रतिशत समस्या रोकथाम गर्न सकिने बताउँछन्। उनका अनुसार दाँत तथा मुख सफा राख्न सकियो भने दाँत किराले खाने समस्या, गिँजाको समस्या, मुखमा आउने घाउ–खटिरा, मुखको क्यान्सर, दाँत खिएर जाने समस्या हुनबाट जोगिन्छ।
“दाँत तथा मुख शरीरको प्रवेशद्वार हो। मुख स्वस्थ भएन भने त्यसबाट खाइएका चिज शरीरमा फोहोरकै रूपमा जाने हुन्छन्। मुख शरीरको ऐना पनि हो। मुखमा देखिने समस्या तथा घाउखटिरा दाँत तथा मुखसम्बन्धी कारण हुन सक्छन् वा शरीरमा भएका कुनै रोगहरूको प्रतिबिम्बको रूपमा देखिने गर्छ।”
विज्ञकाअनुसार दाँत तथा मुखको समस्या समयमै निदान गर्न सकियो भने उपचारमा कम लागत र जटिलता पनि धेरै निम्तिँदैन। डा. बुढाथोकीले दाँत तथा मुखको समस्या हुँदा मधुमेह, श्वासप्रश्वासका समस्या, मस्तिष्कमा असर तथा गर्भवतीको पेटमा हुर्किरहेको बच्चाको वृद्धिविकासमा पनि समस्या देखिन सक्ने बताए।
मुख स्वास्थ्य राख्न प्रत्येक दिन कमसेकम दुई पटक फ्लोराइडयुक्त मन्जनले दाँत माझ्ने र एक पटक डेन्टल फ्लसले सफा गर्ने, गुलियो खानेकुरा कम खाने, खाना खाइसकेपछि र गुलियो खानेकुरा खाएपछि सफा पानीले मुख कुल्ला गर्ने, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन नगर्ने, मौसम अनुसारको फलफूल तथा सागसब्जी खाने, मुखमा कुनै समस्या देखिएमा आफै जथाभाबी औषधि सेवन नगर्ने र मुख स्वास्थ्यलाई राम्रो बनाउन ६–६ महिनामा दाँत परीक्षण गराउनुपर्ने विज्ञको सुझाव छ।
“बिहान खाना खाइसकेपछि पाँच मिनेट र राति सुत्नुअघि पाँच मिनेट दाँतलाई मजाले सफा गरियो भने दाँत तथा मुखका धेरै समस्याबाट बच्न सकिन्छ। यसलाई नियमित जीवनशैलीको रूपमै अपनाउनुपर्छ,” डा. बुढाथोकीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
