प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने जनाएको हो।
काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानका अव्यवस्थित तार हटाउने भएको छ। प्राधिकरणले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै त्रिपुरेश्वरदेखि बुढानीलकण्ठ चोकसम्मको अव्यवस्थित तार हटाउने भएको छ।
प्राधिकरणले विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर तथा पोलमा जथाभाबी झुन्ड्याइएका उपकरण हटाउने छ।
प्राधिकरणले त्यस प्रकारका तार गत मंसिर १८ हटाउने जानकारी गराएको थियो। प्राधिकरणको आग्रह बमोजिम सेवा प्रदायक संस्थाले सूचना बमोजिमको व्यवस्थापन कार्य नभएको पाइएकाले अब यही पुस ११ देखि आफैँ हटाउने भएको हो।
प्राधिकरणले त्रिपुरेश्वर सुनधारा, रत्नपार्क, केशरमहल, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोकदेखि बुढानलीकण्ठसम्मको अव्यवस्थित तार आफैँ हटाउने भएको हो।
प्राधिकरणले नेविप्रा ऐन, २०४१ को दफा १९ बमोजिम अव्यवस्थित तार हटाउन लागेको जनाएको छ। प्राधिकरणले त्यसबाट हुनसक्ने नोक्सानीका लागि आफू जिम्मेवार नहुने समेत स्पष्ट पारेको छ। उक्त कार्यबाट टेलिफोन, इन्टरनेट, केबल टिभी उपभोक्तालाई पर्नसक्ने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
