यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

काठमाडौँ– देशमा पश्चिमी वायुका साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको छ। जसका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातसमेत हुनेछ।

यसैगरी, राति कोशी, मधेश, गण्डकी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ।