मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माणाधीन कबर्डहलको ८० प्रतिशत काम सकिएपछि अलपत्र छ। बाँकी काम छाडेर निर्माण व्यवसायी भागेका छन्।
रामेछाप– रामेछापको सदरमुकाम मन्थलीमा २०७७ सालमा निर्माण थालिएको बहुउद्देश्यीय कबर्डहल अझै पूरा भएको छैन।
मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माणाधीन कबर्डहलको ८० प्रतिशत काम सकिएपछि अलपत्र छ। निर्माण व्यवसायीले बाँकी काम छाडेर भागेका छन्।
सुनकोसी–गिरी जेभी काठमाडौँले २०७७ असारमा निर्माण शुरू गरेको थियो। सार्वजनिक निर्माण तथा कार्यान्वयन इकाई काभ्रेपलान्चोकमार्फत ६ करोड ५७ लाख रुपैयाँ लागतमा ठेक्का लागेको थियो। उक्त कबर्डहल अत्याधुनिक प्रविधियुक्त बन्ने भनिएको छ। हलमा रिमोटबाट चल्ने ‘अटोमेटिक चियर’ राखिने स्टमेटमा उल्लेख छ। जसका लागि २ करोड ८५ लाख रुपैयाँ लागत स्टमेट छ। तर निर्माण कम्पनीले सो काम जम्मा ८५ लाखमा सम्पन्न गर्ने गरी ठेक्का लिएको छ।

निर्माण कम्पनीले रिमोटबाट चल्ने १ हजार १८० वटा कुर्सी ल्याउन नसक्दा काम रोकिएको छ। बनेका संरचना पनि ध्वस्त हुँदै गएका छन्। भवनका सिसा तथा टायल फुटाइएका छन्। बाथरुम, ट्वाइलेटको बिजोग छ।
कबर्डहल अलपत्र हुँदा खेल क्षेत्र प्रभावित भएको मन्थली नगरपालिका–२ का वडाध्यक्ष सुरेन्द्र कार्की बताउँछन्। यस विषयमा नागरिकले बारम्बार प्रश्न उठाउने गरेको भए पनि आफूहरूसँग जवाफ नभएको उनको भनाइ छ।
कबर्डहल निर्माणको लागि २०८० साल जेठ २७ गतेसम्मका लागि म्याद थप गरिएको थियो। अन्तिम पटकको लागि म्याद थप भएको झण्डै दुई वर्ष हुन लाग्दा पनि काम हुन सकेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
