शुक्रबार घट्यो सुनचाँदीको मूल्य

बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १ लाख ७५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा १ हजार र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो।

बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, चाँदी प्रतितोला १ हजार ९९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।