धादिङको गजुरीमा बस र माइक्रो ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
काठमाडौँ– धादिङको गजुरीमा बस र माइक्रो बस आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
धादिङको गजुरी गाउँपालिका-२ को बिहानी पम्पस्थित पृथ्वी लोकमार्गमा काठमाडौँबाट बेसीशहरतर्फ जाँदै गरेको बा २ ख ४७६२ नम्बरको माइक्रो र भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २६४४ नम्बरको यात्रुवाहक बस ठोक्किँदा एक महिलाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी श्यामबहादुर खत्रीका अनुसार माइक्रोमा सवार महिलाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। उनको पहिचान खुलेको छैन।
मंगलबार १ बजेतिर भएको दुर्घटनामा १५ जना घाइते भएका छन्। उनीहरूमध्ये ९ जनालाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको धादिङ प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका माइक्रोमा सवार लमजुङका दिलराम सुनार, मनिषा गुरुङ, तीर्थकुमारी अछामी, राजु ओलिया, दोलखाका सुजन श्रेष्ठ, गोरखाका शरण अधिकारी, तनहुँकी दिपा सुनार र काठमाडौँका विनयराज पन्त र मञ्जु अधिकारीलाई थप उपचारका लागि काठमाडौँ रेफर गरिएको छ।
त्यस्तै, माइको चालक मिसन परियार र लमजुङका काजी दुलाल सामान्य घाइते भएका छन्। त्यस्तै, बसमा सवार काठमाडौँका यमप्रसाद सिम्खडा, चितवनका अभिषेक उप्रेती, मिलन अधिकारी र शिशिर बराल सामान्य घाइते भएका छन्।
उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीको भनाइ छ। बस चालक इलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
