२०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसी सेनाको दाबी

रुसी सेनाले खार्किभ, डोनेटस्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणलाई विफल पारेको दाबी गरेको छ।

रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। 

रुसी रक्षा मन्त्रालयका अनुसार सेनाले विगत २४ घण्टामा १५३ क्षेत्रमा युक्रेनी सैन्य हवाई क्षेत्रको पूर्वाधार, कमान्ड पोस्ट, ड्रोन भण्डारण सुविधा, गोला बारुद र हतियार बोक्ने सैन्य रेल, सेना र उपकरण केन्द्रलाई निशाना बनाइएको थियो। 

रुसी सेनाले खार्किभ, डोनेटस्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणलाई विफल पारेको दाबी गरेको छ। रुसी वायु रक्षा बलले २२५ युक्रेनी ड्रोनलाई अवरुद्ध गरेको पनि जनाएको छ।