निषेधत क्षेत्र तोडेर ससद् भवन पस्न खोज्दा... (तस्वीरहरू)

सिरहामा दलित बस्तीमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा ‘दलितका लागि दलित अभियान’ले प्रदर्शन गर्दै निषेधित क्षेत्र तोडेर संसद् भवन छिर्ने प्रयास गरेको छ।

काठमाडौँ– दलितका लागि दलित अभियान, नेपालले अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा काठमाडौँमा विरोध प्रदर्शन गरेको छ। शुक्रबार विभिन्न मागसहित ‘दलितका लागि दलित अभियान, नेपाल’ले अर्धनग्न बनेर काठमाडौँको बानेश्वरमा प्रदर्शन गरेको हो। सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको हो। प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ पस्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच केहीबेर ठेलाठेलसमेत भएको थियो। हेर्नुहोस् तस्वीरहरू: