विद्युतीय सबस्टेसनमा आगलागीपछि बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा १३ सयभन्दा बढी उडान प्रभावित भएका छन्।
बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा १३ सयभन्दा बढी उडान प्रभावित भएका छन्। शुक्रबार बिहान लन्डनको पश्चिममा रहेको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि युरोपको सबैभन्दा व्यस्त यो विमानस्थल एक दिनका लागि बन्द भएको हो।
उडान–ट्र्याकिङ वेबसाइट फ्लाइटराडार२४ का अनुसार हिथ्रोमा आउने र त्यहाँबाट उडान भर्ने १३ सय उडान प्रभावित भएका हुन्। अमेरिकी शहरबाट हिथ्रोका लागि उडान भर्ने विमान कम्पनीहरूले सेवा रद्द गरेका छन्।
त्यस्तै, भारतबाट हिथ्रो उडान भर्ने एयर इन्डियाले पनि उडान रद्द गरेको थियो। भारत उडान भरेको एउटा विमान मुम्बई फर्किएको र अर्को फ्रान्कफर्ट डाइभर्ट गरिएको जनाइएको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीका अनुसार नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई हिथ्रोका लागि उडान रद्द गरिएको बारे जानकारी दिइएको थियो, यात्रुहरू भने एयरलाइन्सबाट वैकल्पिक उडान हुने अपेक्षा गर्दै प्रतीक्षामा बसेका छन्।
पर्थबाट आउने क्वान्टास उडान पेरिसको चार्ल्स डे गलमा मोडिएको थियो भने न्युयोर्कबाट युनाइटेड एयरलाइन्सको उडान आयरल्यान्डको श्यानोनमा अवतरण भएको थियो।
हिथ्रोका लागि उडान भरेका अन्य विमान कम्पनीहरूका विमान बीचबाटै अन्य गन्तव्यमा मोडिएका विमानस्थलका अधिकारीहरूले बताएका छन्। आगामी दिनहरूमा अझै अवरोधको सामना गर्नुपर्ने अवस्था आउने अधिकारीहरूको भनाइ छ।
“हिथ्रोले विद्युत् कटौतीको सामना गरिरहेको छ”, विमानस्थल अपरेटरले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “यो शुक्रवार मध्यरात (२३५९ जिएमटी) सम्म बन्द हुनेछ, विमानस्थल पुनः नखुलेसम्म यात्रुहरूले कुनै पनि परिस्थितिमा विमानस्थलमा यात्रा नगर्न अनुरोध गरिन्छ।” हिथ्रोले वर्षमा आठ करोडभन्दा बढी यात्रुको व्यवस्थापन गर्दछ।
लन्डन फायर ब्रिगेडले लन्डन बरोको हिलिङडन शहरको हेसको सबस्टेसनमा ‘भीषण’ आगलागी भएको बताएको छ। “आगलागीले ठूलो संख्या आवासीय भवन र स्थानीय व्यवसायलाई प्रभाव पार्ने गरी विद्युत् कटौती निम्त्याएको छ,” सहायक आयुक्त प्याट गलबोर्नले भने।
पश्चिम लन्डनका बासिन्दाहरूले हिथ्रो विमानस्थल नजिकैको विद्युतीय सबस्टेसनमा ठूलो विस्फोटसँगै आगोको मुस्लो र धुवाँ देखिएको बताएका छन्। रात्रिकालीन सिफ्टमा काम गरिरहेका म्याथ्यू मुइरहेडले बिहीबार राति साढे ११ बजेतिर धुवाँ उडिरहेको देखिएपछि ‘सेतो चम्किलो चमकसँगै शहरका सबै बत्तीहरू निभेको’ बताए।
अग्नि नियन्त्रकले सात घण्टापछि आगो नियन्त्रणमा ल्याएका थिए। घटनामा कुनै पनि मानवीय क्षति नभएको बताइएको छ। बिजुली आपूर्तिकर्ता राष्ट्रिय ग्रिडले शुक्रबार बिहानसम्म ६२ हजार ग्राहकहरूलाई बिजुली पुनर्स्थापित गरिएको र चार हजार ९०० अझै पनि बिजुलीविहीन रहेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
