एमाले संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत रूपमा चयन भएका छन्। ओली विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा दलको नेता चयन भएका हुन्। 

काठमाडौँ- नेकपा एमाले संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत रूपमा चयन भएका छन्। 

कमलादीस्थित प्रज्ञा भवनमा बसेको दलको बैठकले ओलीलाई सर्वसम्मत नेता चयन गरेको उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए। 

उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र नेम्वाङको समर्थनमा ओली दलको नेता चयन भएका हुन्। 

उपनेता, प्रमुख सचेतक र सचेतक पछि चयन गरिने नेम्वाङले जानकारी दिए।