समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको गाउँमा बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण हुने अपेक्षा छ।
मनाङ– हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिने भएको छ। नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बीओपी स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। यो गाउँ समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा छ।
प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले सीमामा सहजता र सुरक्षाका लागि बीओपी स्थापना गर्न लागिएको बताए। जसका लागि २० रोपनी जग्गा दीर्घकालीन रूपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको उनले जानकारी दिए। सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी भाडामा जग्गा उपलब्ध गराइएको हो।
जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई हस्तान्तरण गरिएको छ। “फू मनाङको विकट क्षेत्र हो। हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको छ,” प्रजिअ आचार्यले भने।
बीओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइनेछ। प्रजिअ आचार्यले नार्पाभूमि गाउँपालिकासँग समन्वय गरेर अघि बढ्ने र जतिसक्दो छिटो बीओपी गर्ने बताए।
नार्पाभूमि चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको पालिका हो। फू गाउँ पुग्न सदरमुकाम चामेबाट दुई दिन लाग्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
