भिडभाड कम गर्न र यात्रीको सहजताका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ।
युरोपको अति व्यस्तमध्येको हिथ्रो विमानस्थल ‘पूर्ण रूपमा सञ्चालनमा’ आएको विमानस्थल प्रशासनले बताएको छ। विमानस्थलको सेवा बन्द भई यात्रामा समस्या उत्पन्न भएको एक दिनपछि शनिबार हिथ्रो विमानस्थल ‘पूर्ण रूपमा सञ्चालनमा’ आएको विमानस्थलका एक प्रवक्ताले बताएका हुन्।
“हिथ्रो विमानस्थल आज पूर्णरूपमा खुला भई पुनः सञ्चालनमा आएको छ,” उनले भने “विमानस्थलभरका टोलीहरूले ‘अफ–एयरपोर्ट पावर सबस्टेसन’मा हिजोको आगलागी र विद्युत् कटौतीका कारण प्रभावित यात्रुहरूलाई सहयोग गर्न सक्दो प्रयास जारी राखेका छन्।”
विमानस्थलको विद्युत् सबस्टेसनमा आगलागी हुँदा शुक्रबार अधिकांश समय यो विमानस्थल बन्द भएको थियो भने साँझपछि आंशिक रूपमा उडान सेवा सञ्चालनमा आएका थिए। फ्लाइटराडार २४ ट्रयाकिङ वेबसाइटका अनुसार शुक्रबारको बन्दका कारण करिब एक हजार ३५० उडान प्रभावित भएका छन्।
शनिबार सेवा पुनः शुरू भएपछि पनि केही उडानको छुट्ने र अवतरण गर्ने तालिका प्रभावित हुन सक्ने बताइएको छ। “हामीसँग हाम्रा टर्मिनलहरूमा सयौँ अतिरिक्त सहकर्मीहरू छन् र हामीले विमानस्थलमार्फत यात्रा गर्ने थप १० हजार यात्रुहरूलाई सुविधा प्रदान गर्न आजको तालिकामा उडानहरू थपेका छौँ,” उनले भने।
विमानस्थल प्रशासनले एक विज्ञप्तिमा यात्रुहरूलाई आफ्नो उडानको बारेमा ताजा जानकारीका लागि आफ्नो एयरलाइनसँग निरन्तर सम्पर्कमा रहन अनुरोध गरिएको छ।
ब्रिटिस एयरवेजले दिनभर विमानस्थलमा निर्धारित उडानको करिब ८५ प्रतिशत उडान गर्ने अपेक्षा गरेको जनाएको छ। भिडभाड कम गर्नका लागि रात्रिकालीन उडानमा लगाइएको प्रतिबन्ध पनि अस्थायी रूपमा हटाइएको बेलायतको यातायात विभागले जनाएको छ।
बिहीबार राति भएको आगलागी ‘शंकास्पद नभएको’ र अनुसन्धान ‘विद्युतीय वितरण उपकरणमा केन्द्रित हुने’ अधिकारीहरूले बताएका छन्। यसअघि लन्डनको महानगरीय प्रहरी बलको आतंकवादप्रतिरोधी कमान्डले आगोको प्रभावलाई ध्यानमा राखेर अनुसन्धानको नेतृत्व गरिरहेको बताएको थियो।
हरेक दिन करिब दुई लाख ३० हजार यात्रुले हिथ्रो विमानस्थलको प्रयोग गर्छन्। विमानस्थलले वार्षिक आठ करोड ३० लाख यात्रीलाई सेवा दिन्छ। हिथ्रो विमानस्थलबाट करिब ८० देशमा उडान हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
