एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो। निर्माणमा हालसम्म १५ प्रतिशत मात्र प्रगति भएको छ।
झापा– एशियाली राजमार्गअन्तर्गत काँकडभिट्टा–पाडाजुँगी निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्यले तीव्रता पाउन सकेको छैन।
एशियाली विकास बैंकको सहयोगमा सडक विभागको आयोजना निर्देशनालयले ठेक्कामार्फत उक्त खण्डमा सडकलाई एशियाली राजमार्गका रूपमा स्तरोन्नति गरिरहेको छ। एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको छ। काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले हालसम्मको प्रगति १५ प्रतिशत मात्र रहेको बताए। उनका अनुसार कम्तीमा २० प्रतिशतभन्दा धेरै प्रगति भइसक्नुपर्ने थियो।
एभ्रास्कन कालिका जेभीले उक्त सडक निर्माणका लागि २०८० कात्तिक २ गते सरकारसँग सम्झौता गरेको थियो। २०८३ माघ १९ गतेसम्ममा निर्माण कार्य सम्पन्न हुनुपर्ने सम्झौतामा उल्लेख छ। ठेक्का लिएको कम्पनीलाई निर्माण कार्यमा गति बढाउन र लक्ष्य भेटाउन निर्देशन दिइएको आयोजना प्रमुख पन्तले बताए।
“अहिले काम गर्न मौसम अनुकूल पनि छ,” पन्तले भने, “निर्माण कम्पनीले जुन रफ्तारमा काम गर्नुपर्ने हो, गरेको छैन। हामीले दबाब दिइरहेका छौँ।” हाल कल्भर्ट, पुल र माटो भर्ने काम भइरहेको छ। हालसम्म १४३ वटा कल्भर्टमध्ये ९३ वटाको काम भएको छ। साना पुल १८ मध्ये १७ वटाको निर्माण भइरहेको छ। एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा ३४ अर्ब ९० करोड रुपैयाँमा सडकसहित कल्भर्ट र साना पुलको ठेक्का लगाइएको हो।
सडक कार्यालयका अनुसार कनकाई, बिरिङ र निन्दाखोलाका पुलको ठेक्का अर्कै कम्पनीले पाएको छ। बर्खा लागेपछि काम गर्न कठिन हुने भएकाले त्यसअघि कामको गति बढाउनुपर्ने हुन्छ। चालु आर्थिक वर्षमै कम्तीमा १० किलोमिटर राजमार्ग कालोपत्र गर्ने आयोजनाको लक्ष्य छ। सो सडक खण्डको चारआली जंगलमा ‘इलिफेन्ट अन्डर पास’को निर्माण कार्यसमेत धमाधम भइरहेको छ।
सरकारको वन्यजन्तुमैत्री पूर्वाधार भौतिक संरचना निर्माण मापदण्डअनुसार ‘इलिफेन्ट अन्डर पास’ निर्माण भइरहेको आयोजना प्रमुख पन्तले जानकारी दिए। उनका अनुसार ‘इलिफेन्ट अन्डर पास’ ६.५ मिटर उचाइ र १५ मिटर लम्बाइको बनिरहेको छ। जुन निर्माणाधीन सडकभन्दा डेढ मिटर अग्लो हुने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
