‘साहस’मा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूका जीवनका लैंगिक, सामाजिक–सांस्कृतिक, कानूनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरिएको छ।
काठमाडौँ– आप्रवासन विशेषज्ञ डा. मीना पौडेल लिखित ‘साहस: महिला बेचबिखन, बहिष्कार र प्रतिकार’ महिला बेचबिखनका विविध पाटा उजागर गर्ने सवालमा नेपालमा पहिलो प्रामाणिक पुस्तकका रूपमा आएको सम्बद्ध विज्ञहरूले बताएका छन्।
यो पुस्तक यो विश्वविद्यालयहरूमा पाठ्यपुस्तक बनाउन लायक रहेको त्रिभुवन विश्वविद्यालय लैंगिक अध्ययन केन्द्रकी पूर्वप्रमुख प्रा. विन्दु पोखरेलले बताइन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित ‘साहस संवाद’ कार्यक्रममा उनले भनिन्, “नेपालमा महिला बेचबिखन र बहिष्करणबारे यो पुस्तकमा जस्तो विधिले अध्ययन–अनुसन्धान गरिएको छ, त्यो महत्त्वपूर्ण छ।” नेपाली समाजको पितृसत्ताका सामाजिक, आर्थिक, राजनीतिक जस्ता संरचनाले महिला बहिष्करणलाई टेवा दिएको उनले बताइन्।
मानवशास्त्री सुरेश ढकालले पुस्तकमा महिला बेचबिखन र बहिष्करणका जटिल र मिहिन सवाललाई सरल ढंगले सैद्धान्तीकरण गरिएको टिप्पणी गरे। “बेचबिखन र बहिष्करणलाई लिएर नेपाली भाषामा पहिले यस्तो किताब लेखिएको मेरो जानकारीमा छैन,” उनले भने, “यस विषयलाई बुझ्न नेपालीमा यो पहिलो प्रामाणिक पुस्तक हो।”
नेपालमा यत्रो राजनीतिक परिवर्तनपछि पनि महिला बेचबिखन र बहिष्करण जस्तो आपराधिक कृत्य नरोकिनु उदेकलाग्दो भएको अनुसन्धाता जेबी विश्वकर्माले बताए। “यस्तो दुष्कर्म रोक्न उपयुक्त नीति किन अझै बन्न सकिरहेको छैन? महिला संगठनहरू किन प्रभावकारी आवाज उठाउँदैनन्,’ उनले प्रश्न गरे।
पुस्तकका सर्जक पौडेलले राजनीतिकर्मीहरूले नचाहेर नै महिला बेचबिखन रोकिन नसकेको दाबी गरिन्। “बेचबिखनका दलाल, म्यानपावर व्यवसायी र राजनीतिकर्मीहरूको दह्रो नेक्ससले गर्दा यो रोकिन नसकेको हो,” उनी भन्छिन्, “महिला बेचबिखनबाट राजनीतिक तहले आर्थिक लाभ लिइरहेको छ।”
कार्यक्रमको शुरूआतमा महिला बेचबिखनविरुद्ध लामो योगदानका लागि दुर्गा घिमिरे र भगवती नेपाललाई सम्मान गरिएको थियो।
साहस किताब पब्लिसर्सले प्रकाशन गरेको हो। यस पुस्तकमा बेचबिखनको जटिल अनुभव बटुलेका युवा महिलाहरूका जीवनका अनुभूतिहरूका माध्यमले लैंगिक, सामाजिक–सांस्कृतिक, कानूनी र आर्थिक हिंसाका विभिन्न पाटालाई उजागर गरिएको छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा थुप्रै अनुसन्धानमूलक लेख–रचना प्रकाशित गरिसकेकी पौडेलको नेपाली भाषामा यो पहिलो पुस्तकाकार कृति हो। पौडेलको विद्यावारिधि अनुसन्धानबाट विकसित भएर सन् २०११ मा अंग्रेजीमा छापिएको यो पुस्तक फ्रेन्च, जर्मन, इटालियन, पोलिस र पोर्चुगिज भाषामा समेत प्रकाशित भइसकेको छ।
त्रिविबाट मानवशास्त्रमा स्नातकोत्तर र बेलायतबाट मानव बेचबिखन, महिला यौनिकता र सामाजिक बहिष्कारको अन्तरसम्बन्धमा विद्यावारिधि गरेकी पौडेलले आप्रवासनका विभिन्न आयाममा एशिया, युरोप र अफ्रिकाका मुलुकहरूमा विभिन्न निकायमा आबद्ध भएर काम गरेकी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
