पुनर्निर्माण नहुँदा करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धारा अहिले खण्डहरजस्तै बनेको छ।
काठमाडौँ– करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धारा अहिले खण्डहरजस्तै बनेको छ।
२०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा क्षति पुगेको थियो। पर्खाल र भुईंमा बिछ्याएका ढुंगा चर्किएका थिए। त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्ने सहितको योजना अघि सार्न स्थानीयले काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए।

तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा धरहराको योजनाभित्र सुन्धारालाई पनि समेटेर पुनर्निर्माण गर्ने गरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो।
धरहरा पुनर्निर्माणको जिम्मा पाएको रमण कन्स्ट्रक्सन कम्पनीले नै सुन्धारा पुनर्निर्माणको काम पाएको थियो। सो निर्माण कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठूलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्यांकी निर्माण शुरू गरेको थियो।

कम्पनीले परम्परागत संरचना धमाधम भत्काउन थालेपछि अभियन्ता र बासिन्दाले विरोधमा उत्रिए। उनीहरूले सुन्धाराको ऐतिहासिक संरचनामा क्षति पुग्ने भन्दै कृत्रिम ढंगले सुन्धारामा पानी खसाल्न नदिने अडान लिए। नेपाली मौलिक कला–संस्कृतिको नमूनाका रूपमा सुन्धारा रहेकाले यसका संरचना जोगाउनुपर्ने स्थानीयको माग रहेको छ।

सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरूको भनाइ छ। उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौँको सुन्धारा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।








Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
