रुसी ड्रोन आक्रमणबाट युक्रेनको राजधानी किभमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका छन्।
युक्रेनको राजधानीमा रातभरको रुसी ड्रोन आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको किभका अधिकारीहरूले आइतबार जानकारी दिएका छन्।
“उपलब्ध जानकारीअनुसार, पाँच वर्षको बच्चासहित तीन जनाको मृत्यु भएको छ। अन्य १० जना घाइते भए,” किभ शहरको सैन्य प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरेको छ, “घाइतेहरूमध्ये, सबैभन्दा कान्छो पीडित केबल ११ महिनाको थियो।”
सामाजिक सञ्जालमा प्रसारित फुटेजका अनुसार, ड्रोनले किभका धेरै स्थानलाई लक्षित गरी व्यापक आक्रमण गरेको थियो।
रुसी र युक्रेनी प्रतिनिधिमण्डलले सोमबार साउदी अरेबियामा अमेरिकी प्रतिनिधिसँग समानान्तर युद्धविराम वार्ता गर्ने कार्यक्रम छ।
रुसी वार्ताकारले सोमबार साउदी अरबमा हुने वार्तामा ‘केही प्रगति’ हासिल गर्ने अपेक्षा गरिएको बताएका छन्। अमेरिकी कूटनीतिज्ञ किथ केलोगले यस प्रयासलाई होटलका कोठाबीचको ‘सटल डिप्लोमेसी’को संज्ञा दिएका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका लागि आफू तयार रहेको बताएका छन्। खाडी मुलुकमा सोमबार अमेरिकी र रुसी अधिकारीबीच छुट्टाछुट्टै बैठक हुनेछ।
मस्कोले ३० दिनको पूर्ण र निःशर्त युद्धविरामका लागि अमेरिका र युक्रेनको संयुक्त प्रस्तावलाई अस्वीकार गरेको छ। यद्यपि, मस्को र किभ दुवैले वार्ताको दौडान आक्रमण जारी राखेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
