बाँकेको बेतहानीमा पानी ट्यांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ट्यांकरमा आगजनी गरेका छन्।
नेपालगन्ज– बाँकेको डुडुवा गाउँपालिका–२ स्थित बेतहानीमा पानी टयांकरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
भे १ ख ४१०७ नं को पानी टयांकरले ठक्कर दिँदा स्थानीय बालक नौ वर्षीय शिउकुमार गोदिया र आठ वर्षीय विशाल गोदियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लले जानकारी दिए।
घटनापछि आक्रोशित भएका स्थानीयले टयांकरमा आगजनी गरेका छन्। आगजनीबाट गाडी पूर्ण रूपमा क्षति भएको छ। अहिले पनि आगजनी र तोडफोड भइरहेको प्रहरी निरीक्षक मल्लले बताए।
प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले स्थिति नियन्त्रण बाहिर रहेकाले केही राउन्ड हवाई फायर गर्नुपरेको बताए। “घटनाको सबै विवरण अझै आइसकेको छैन तर स्थिति नियन्त्रण बाहिर छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
