दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागाढुंगामा आइतबार साँझ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्।
चितवनबाट काठमाडौँ आउँदै गरेको ग १ ख ५५४६ नम्बरको माइक्रो बस दुर्घटनामा परेको हो। रोकेर राखेको माइक्रो बस आफैँ गुड्न गई सडक छेउको पेटीमा ठोकिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सविना गुरुङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले बताए। उनका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी गुरुङको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो। उनको ठेगाना खुलिसकेको छैन।
घाइते भएका ९ जनामध्ये केहीको ट्रमा सेन्टर र केहीको अन्नपूर्ण न्यूरोमा उपचार भइरहेको छ। सवारी चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
