विसं २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए। एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो।
बागलुङ– बागलुङ नगरपालिका–८ सिगाना लामीचौरमा करिब दुई सय घरपरिवारको बसोबास छ। बाक्लो बस्ती रहेको लामीचौरमा खानेपानीको एकदमै अभाव थियो।
बयालीस वर्षअगाडि निर्माण भएका तीन धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्दैआएका थिए। एक गाग्री पानी भर्न रातभर धारामा लाइन बस्नुपर्ने अवस्था थियो। सहजै पानी भर्ने पालो आउँदैनथ्यो। विसं २०३९ सालमा निर्माण गरेको धारा जीर्ण बनेका थिए।
लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामीचौरवासीलाई अब भने खानेपानीको समस्या छैन। यसपाली नगरपालिकाले जमिनमुनिबाट पानी निकालेको छ। लामो समयको मेहनतपछि ड्रिलिङ गरी लामीचौरमा पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ।
नगरपालिकाले प्राविधिक खटाएर यसबारे सर्वेक्षण गरेको थियो। पानी निकाल्न सकिने सम्भावना देखेपछि ड्रिलिङ मेसिन प्रयोग गरी यहाँ पानी निकाल्ने काम गरिएको हो। यही चैत १ गते मेसिनले करिब १७० मिटर जमिन खोदेर पानी निकालेको हो। यही चैत ९ गतेदेखि नियमित रूपमा पानी निकाल्न थालिएको लामीचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष टीकाराम थापाले जानकारी दिए।
“गाउँमा खानेपानीको निकै समस्या थियो, बल्ल माग पूरा भएको छ,” अध्यक्ष थापाले भने। नगरपालिकाको २६ लाख र स्थानीय जनसहभागिताबाट जुटेको तीन लाख रुपैयाँको लागतमा पानी निकालिएको हो। “सिङ्गो गाउँमा पानीको समस्या थियो, दुई सय घरका लागि तीन वटा मात्र धारा थिए, धारामा थोरै पानी आउँथ्यो, स्थानीयले कुवा र खोलाको फोहर पानी उपभोग गर्दैआएका थिए,” उनले बिगतको समस्या बताए।
स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि आठ घण्टासम्म लाइन बस्नुपरेको सुनाइन्। खानेपानी अभावले धेरैले गाउँ छोड्न बाध्य भएको उनको भनाइ छ। स्थानीय ७१ वर्षीय चन्द्रमणि गौतमले २०३९ सालदेखि नै लामीचौरमा खानेपानी समस्या रहेको बताए। उनका अनुसार जनसंख्या बढ्दै गएपछि खानेपानीको अभाव भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
