दक्षिण कोरियाका सांसदहरूले हान डक सोविरुद्ध लगाएको महाभियोग खारेज गर्दै कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न संवैधानिक अदालतले आदेश दिएको छ।
दक्षिण कोरियाका सांसदहरूले हान डक सोविरुद्ध लगाएको महाभियोग खारेज गर्दै कार्यवाहक राष्ट्रपतिमा पुनर्बहाली गर्न संवैधानिक अदालतले आदेश दिएको छ।
राष्ट्रपति युन सुक येओलले डिसेम्बरमा अचानक सैन्य शासन घोषणा गरेका थिए भने तीव्र विरोधपछि उनले केही घण्टामै उक्त आदेश फिर्ता लिएका थिए। त्यसपछि डिसेम्बर ३ मा युनविरुद्ध महाभियोग लगाएपछि हानलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी दिइएको थियो। त्यसको केही हप्तापछि नै उनीविरुद्ध पनि महाभियोग लगाइएको थियो।
“संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सोविरुद्धको महाभियोगको निवेदन अस्वीकार गर्ने निर्णय गरेको छ,” अदालतले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
अदालतले हानको महाभियोगविरुद्धको सुनुवाइमा पाँच न्यायाधीशमध्ये एक जना मात्र महाभियोगको पक्षमा देखिएका थिए। अन्य दुई जना न्यायाधीशले हानलाई महाभियोग लगाउन सांसदसँग बहुमत नभएकाले यो मुद्दा अदालतसमक्ष पुग्नै नहुने तर्क गरेका थिए।
“हानले पदमा रहँदा गरेको कार्यलाई राष्ट्रपतिमार्फत अप्रत्यक्ष रूपमा प्रदान गरिएको जनताको विश्वासमाथि विश्वासघात भएको रूपमा लिन सकिँदैन,” अदालतको फैसलामा भनिएको छ। यो निर्णय तत्काल लागू हुने तर यसविरुद्ध अपिल गर्ने व्यवस्था भने नभएको बताइएको छ।
सोमबार कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालेका हानले संवैधानिक अदालतले ‘बुद्धिमत्तापूर्ण निर्णय’ गरेको भन्दै धन्यवाद दिएका छन्। “मलाई विश्वास छ सबै नागरिकले अत्यधिक ध्रुवीकृत राजनीतिक क्षेत्रका बारेमा स्पष्ट रूपमा बोलिरहेका छन्। मलाई लाग्छ, अहिले विभाजनका लागि कुनै ठाउँ छैन। हाम्रो देशको प्राथमिकता भनेको अगाडि बढ्नु हो।”
निलम्बित राष्ट्रपति युनको महाभियोगसम्बन्धी बहुप्रतिक्षित फैसलाअघि भएको अदालतको निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। युनको महाभियोगसम्बन्धी फैसलाका लागि मिति अहिलेसम्म घोषणा गरिएको छैन। विज्ञहरूले मार्चको मध्यसम्ममा उक्त मुद्दामा फैसला आउने आकलन गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
