सोमबार नेप्से परिसूचक २६.१० अंकले बढेर २६४०.७८ को बिन्दुमा कायम भएको छ।
काठमाडौँ– अघिल्लो सातादेखि निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार थामिएर हरियो देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.१० अंकले बढेर २६४०.७८ को बिन्दुमा कायम भएको हो।
यस दिन विभिन्न ३२६ कम्पनीका ९७ लाख ३९ हजार ७३८ कित्ता शेयर ५८ हजार २३५ पटक खरिदबिक्री हुँदा चार अर्ब ४८ करोड ३५ लाख ९९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यो कारोबार अघिल्लो दिनभन्दा कम हो। आइतबार ६ अर्ब ३२ करोड एक लाख ४१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।
सोमबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै वित्त समूह ३.५२ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ ०.७१, विकास बैंक ०.७१, होटल तथा पर्यटन १.०३, जलविद्युत् ०.९५, लगानी ०.८३, जीवन बीमा १.४६ र उत्पादन तथा प्रशोधन समूह ०.७८ प्रतिशतले बढेको छ। त्यस्तै, लघुवित्त ०.७९, म्युचुअल फन्ड ०.४४, निर्जीवन बीमा ०.६५, व्यापार १.०६ र अन्य समूह १.५० प्रतिशतले बढेको छ।
यस दिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्य सबैभन्दा धेरै ९.५१ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ४.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आइतबार सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ३२ करोड ६९ लाख ७७ हजार ५७८ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा ग्रोथ फन्डको सात लाख १० हजार कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
