सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेता संक्रमणकालीन न्यायका विषयमा छलफल गर्न सिंहदरबार पुगेका छन्।
काठमाडौँ– शीर्ष नेताहरूले संक्रमणकालीन न्याय (टीआरसी)का विषयमा छलफल थालेका छन्। सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका नेताबीच सोमबार अपराह्न सिंहदबारमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल शुरू भएको हो।
छलफलमा प्रधानमन्त्री एवं सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरू उपस्थित छन्।
त्यस्तै, छलफलमा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल, कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, माओवादीका तर्फबाट शक्ति बस्नेत र खिमलाल देवकोटासमेत सहभागी छन्। माओवादी अध्यक्ष दाहालले सिंहदरबार जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल हुने बताइएको छ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि नबढ्दा द्वन्द्वकालका पीडितले न्यायको अनभूति गर्न नपाएको भन्दै सरोकारवालाले सरकारको ध्यानार्षण गराउँदै आएका छन्।
राष्ट्रिय मानव अधिकार आयोगले फागुन २३ मा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार नै गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
