तीन दलका शीर्ष नेताबीच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउन फेरि सर्च कमिटी गठन गर्ने सहमति भएको छ।
काठमाडौँ– तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्नका लागि पुनः सर्च कमिटी बनाउने सहमति भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार अपराह्न भएको तीन दलका शीर्ष नेताबीचको छलफलमा संक्रमणकालीन न्याय टुंग्याउनका लागि दुई आयोगका लागि पदाधिकारी चयन प्रक्रिया अगाडि बढाउने सहमति भएको हो।
बैठकमा सहभागी एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलका अनुसार शान्तिप्रक्रियाको बाँकी काम टुंग्याउनका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन प्रक्रिया अघि बढाउने सहमति भएको हो। दुवै आयोग गठनका निम्ति यसअघि बनेको सर्च कमिटीको प्रतिवेदन पनि छलफलका क्रममा राखिएको तर दुवै आयोगका लागि पदाधिकारी चयन गर्न पुनः कमिटी बनाउने सहमति भएको उनको भनाइ छ।
“बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिलगायत सिफारिस समिति (सर्च कमिटी) गठन प्रक्रिया अगाडि बढाउन सम्माननीय प्रधानमन्त्रीज्यूले दुवै दलका नेताहरूसँग परामर्श गर्नुभयो। परामर्शबमोजिम अब सिफारिस समिति गठन गर्ने प्रक्रिया अगाडि बढ्छ,” उनले भने।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा तीन दलका शीर्ष नेताबीच संक्रमणकालीन न्याय टुंग्याउने विषयमा छलफल भएको हो। छलफलमा प्रधानमन्त्री ओलीका साथै सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेता सहभागी थिए। छलफलमा गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरू शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार खरेललगायत नेताहरू पनि उपस्थित थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
