मस्कुलर डिस्ट्रोफीको रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापनाका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको छ।
काठमाडौँ– मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिस्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं पुनर्स्थापनाका लागि दीर्घकालीन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिस्ट प्राडा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरिएको छ।
यो रोगका बिरामीको संख्या बढेको भन्दै त्यसको पहिचान तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको पहलमा समिति गठन गरिएको हो। समितिको सदस्यमा त्रिवि शिक्षण अस्पतालका प्राडा रोहितकुमार पोखरेल, ‘मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपाल’का अनिलकुमार उपाध्याय, त्रिवि शिक्षण अस्पतालकी प्राडा मिता शाह राना तथा मन्त्रालयका नीति योजना महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेल रहेका छन्।
यसैगरी, नेपाल पेडियाट्रिक्स सोसाइटीका प्रतिनिधि तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकी निष्ठा श्रेष्ठ समितिको सदस्य र सदस्यसचिवमा मन्त्रालयका डा. पुष्पराज पौडेल रहेका छन्। स्वास्थ्य मन्त्रालयकाअनुसार मांसपेशी कमजोर बनाउँदै हिँडडुल गर्न समस्या पार्ने आनुवंशिक रोगका बिरामी बढिरहेका छन्। रोकथाम तथा बिरामी र परिवारलाई पुनर्स्थापना आवश्यक पर्ने भएकाले यसका लागि आवश्यक नीति तथा कार्यक्रम तयार पार्न समितिलाई जिम्मेवारी प्रदान गरिएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
नेपालमा हाल यसबाट ८०० जना प्रभावित भएको तथ्यांक छ। आनुवंशिक बाहेक अन्यमा समेत देखापर्ने जटिल प्रकृतिको रोगको गर्भावस्थामा हुने आनुवंशिक परीक्षणमार्फत ९५ प्रतिशत बिरामी पत्ता लगाउन सकिने विज्ञहरूको भनाइ छ। यो रोग भएका बालबालिका तथा अन्यलाई अतिरिक्त सेवा, विशेष सहयोग र मनोवैज्ञानिक सघनताको आवश्यकता पर्छ।
समितिलाई रोग रोकथाम, परिवार र स्वास्थ्यकर्मीलाई जानकारी दिन सचेतनामूलक कार्यक्रम तयार पार्ने तथा सामाजिक पुनर्स्थापना र आत्मनिर्भरताका लागि कार्यक्रम तयार पार्ने योजना मन्त्रालयलाई बुझाउने कार्यादेश दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
