पुसबाट बन्द भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले मंगलबारदेखि उडान शुरू गरेको छ।
भोजपुर– बन्द भएको तीन महिनापछि भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा हवाई उडान शुरू भएको छ।
गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले मंगलबारदेखि उडान शुरू गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए।
उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ।
विसं २०३५ देखि उडान शुरू भएको यहाँ नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ। ५४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन्।
उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौँ रेफर गरिएका बिरामी र यात्रुहरू मारमा परेका थिए।
निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
