दलहरूबीच सहमति नजुट्दा मधेश प्रदेशसभा बैठक अनिश्चित बनेको छ।
जनकपुरधाम– दलहरूबीच सहमति नमिल्दा मधेश प्रदेशसभा बैठक अनिश्चित भएको छ।
प्रदेशसभाको गतिरोध अन्त्य गराउन मंगलबार बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि मंगलबारका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताए।
प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलले अवरोध गरेका थिए।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले अडान राखेपछि सहमति जुट्न नसकेको जनमत पार्टीका संसदीय दलका नेता यादवले जानकारी दिए।
मधेश प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको जानकारी गराएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
