प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– प्रहरीले काठमाडौँको खड्का गाउँमा सोमबार साँझ एक जनाको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा १६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई मंगलबार सार्वजनिक गरिएको छ।
काठमाडौँ महानगरपालिका–१४ खड्का गाउँस्थित सडकखण्डमा दुई समूहबीच भएको झगडामा दोलखा (साबिकको भेड्पु गाविस) हाल मेलुङ गाउँपालिका–४ स्थायी घर भई काठमाडौँको चन्द्रागिरि नगरपालिका–७ बस्ने अभय भन्ने अबे तामाङको मृत्यु भएको थियो। पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ घर भई हाल काठमाडौँ नागार्जुन–१० स्युचाटार बस्ने आशिष श्रेष्ठसमेतका व्यक्तिहरूले धारिलो हतियार तथा फलामको रड प्रहार गरी घाइते बनाएकामा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही घटनाको अनुसन्धानका क्रममा १६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। पक्राउ परेकालाई मंगलबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान शुरू गरिएको उनले बताए।
पक्राउ पर्नेमा आशिषसहित धादिङको गल्छी गाउँपालिका–५ का सुजन तामाङ, काठमाडौँको चन्द्रागिरि–१५ बस्ने राज अर्याल, सिन्धुलीको कमलामाई–११ का डेनियल विश्वकर्मा, बागमती–५ सर्लाहीका निश्चल ब्लोन तामाङ, सुनसरीका सुशान श्रेष्ठ, सिद्धलेक गाउँपालिका–७ धादिङका विनय आलेमगर, ताप्ली गाउँपालिका–७ उदयपुरका खेमराजबहादुर मगर, गोरखा गण्डकी गाउँपालिका–१ का रन्जित श्रेष्ठ रहेका छन्।
यसैगरी ताप्ली गाउँपालिका–७ उदयपुरका साङ्गे तामाङ, काठमाडौँ नागार्जुन–९ स्युचाटार बस्ने अजित बुढाथोकी, सोही स्थानकै रोहित खड्का, नवलपरासी पूर्व, देवचुली नगरपालिका–९ का प्रवीन झेडी, तनहुँको व्यास नगरपालिका–१० का गौतमकमल जोगी, सुनसरीको धरान उपमहानगरपालिका–७ का २२ वर्षीय प्रवेश गुरुङ तथा काठमाडौँको दक्षिणकाली नगरपालिका–१ का डेबिड घले रहेका प्रवक्ता बोहराले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
