इटहरीको सेन्टर प्लाजामा भीषण आगलागी

इटहरीको मुख्यचोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान नौ बजेदेखि आगलागी भइरहेको छ।

काठमाडौँ– सुनसरीको इटहरीस्थित मुख्यचोकमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ। बुधबार बिहान नौ बजे सेन्ट्रल प्लाजाको पाँचौँ तलाबाट आगो शुरू भएको हो। 

आगो तलामा पनि फैलिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि चारवटा दमकल, सुरक्षाकर्मी र स्थानीयले प्रयास गरिरहेका छन्।  

आगलागीको कारणबारे खुलेको छैन।