रामपुरमा आगलागी, ५ घर–गोठ जले

रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन्।

रामेछाप– रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँच वटा घर–गोठ जलेका छन्। बस्ती नजिकै जंगलमा लगाइएको आगो रामपुरको ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा पसेपछि आगलागी भएको हो।

आगलागीबाट दुई वटा घर र तीन वटा गोठ जलेका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिए। मंगलबारबाट लागेको आगो बस्तीमा पसेको थियो। आगलागीबाट मानवीय क्षति नभए पनि पाँच वटा खसी–बाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा नगद धनमाल जलेर नष्ट भएको वडाध्यक्ष श्रेष्ठले बताए।

आगो नियन्त्रणमा आउन नसक्दा अझै केही घर आगलागीको उच्च जोखिममा छन्। आगो नियन्त्रणको प्रयास भइरहेको छ।